मलेसियामा नेपालीबीच झगडा, एक जनाको मृत्यु


मलेसिया, १७ मंसिर – मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको होअधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् ।फाइल तस्बिर बर

शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।

उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु