वैदेशिक रोजगार रहर हैन बाध्यता


हाम्रो देश नेपालको अर्थतन्त्र मुख्यतः नेपाली युवाहरुले जो वैदेशिक रोजगारीको लागि देश भन्दा बाहिर रहेर काम गरि पठाएको पैसाको हिस्सा ले नै धानको छ,जस्लाइ हामी रेमिट्यान्स पनि भन्ने गर्छौ । हाल वैदेशिक रोजगारीका निमित्त चालिसौँ लाख युवा देश भन्दा बाहिर छन । मलेसिया ,कतार,साउदी ,यूएई,कुवेत,बहराइन लगायतका प्रमुख देशहरु नै हुन नेपालीहरुको लागि मुख्य रोजाईको रोजगारीका गन्तव्य स्थल ।

वास्तवमा बिदेश गएर अर्काको देशमा कठोरता साथ काम गर्ने रहर सायदै कसैलाई हुदैन । तर देश भित्र नै रोजगार पाउने सम्भावना पनि शून्य नै छ । हजारौं बाध्यता,पारिवारिक जिम्मेवारी ,देशमा रोजगारीको अवसर शुन्य, अस्थिर राजनीतिक प्रणाली आदि इत्यादिले वाक्क नेपाली युवा अन्ततः बिदेशीन बाध्य हुन्छन् । विदेशिएका नेपालीहरूले पनि नेपाल छाड्नु अघि सोचे जस्तो कहाँ छ र बिदेश ।

प्रायः नेपालीको आर्थिक स्तर सबैको न्यून नै छ । पैसा भैईकन विदेश जाने रहर सायदै कसैलाई हुदैन । साहुसँग श्रृण लिएर चर्को ब्याजको भार भोक्दै नेपालको म्यानपावर ब्यवसाही (जस मार्फत नेपालीहरु बिदेश जान्छन् )लाई कमिसन सहित धेरै लागत तिरेर विदेश जानू पर्ने बाध्यता छ ।

बिदेशको अनौठो सामाजिक रहनसहन, त्यहाँको भाषा बोल्न बुझ्नमा कठिनाइ, दक्षताको कमि, नेपालमा रहदा सोचिएको कल्पीत बिदेश भन्दा फरक देखिएको बिदेशमा भिज्नमा कठिनाइ लगायतका थुप्रै चुनौतीको सामना गर्न पनि विवश छन् लाखौं नेपाली युवाहरु । नेपालको मेनपावर व्यवसायीहरु र नेपाली युवाहरु बिच नेपालमा जुन श्रम र पारिश्रमिकको सम्झौता हुन्छ त्यो भन्दा भिन्न रोजगारदाता कम्पनी र तोकिएको भन्दा कम पारिश्रमिक भएकोले गर्दा पनि लाखौं नेपाली ठगिएका छन् । प्रायःजसो नेपालीहरुले वैदेशिक रोजगारीका सिलसिलामा खाडी लगायत अन्य देशहरूमा न्यून स्तरको जोखिम कामहरु गर्नुपर्ने बाध्यता छ ।

विदेशिएका नेपालीहरु मध्ये सरदर दैनिक तिन नेपाली बाकसमा घर फर्किएका छन् या भनौ प्रत्येक दिन औसतमा तीन नेपालीको मृत्युु हुने गरेको तथ्यांक छ जुन अत्यन्त दुख लाग्दो कुरा हो । हजारौं सपना मनभित्र सजाएर निश्चित समय कुनै देशमा काम गर्छु र कमाएको पैसाले आफ्नो परिवारको आवस्यकता धान्छु कुनैदिन तिनै परिवारसँग सुखको साथ सदैको लागि रहने छु भन्ने बाचा,अपेक्षा र सपना सहित बिदेश पुगेको ब्यक्ति केवल एउटा बाकसमा लास भएर नेपाल फर्कनु पर्ने विडम्बना यो कस्तो विवशता ??? राजनीतिक अस्थिरता,नियत बिनाको राज्य प्रणाली,भौतिक लगायत बिकास निमार्णको योजना र काम शून्य,ब्यबसायीक र ब्यबहारिक शिक्षाको अभाव, आदि कारण नै हुन मुलुकमा रोजगारीको बाताबरण सिर्जना नहुनु ।

मुलुक भित्र रोजगार उपलब्ध नभए पश्चात् विदेशी भुमि रोज्ने नेपालीहरुको निमित्त नेपाल सरकारले उल्लेखिय कदम चालेको पाइदैन । सम्बन्धित देशको रोजगार प्रायोजन निकायसँग विदेशमा रहेका आफ्ना नागरिकको ज्यानधनको सुरक्षा र राम्रो काम दामको ग्यारेन्टीको सवालमा आवश्यक परामर्श लिएको पटक्कै पाइन्न नेपाल सरकारले । संसारको जुनै कुनामा रहेता पनि आफ्नो नागरिकलाई अफ्ट्यारो परेको बखत वा उद्दारको आवश्यकता परे सबैभन्दा जिम्मेवारी निकाय नेपाल सरकार हो । विदेशमा रहेको नेपालीहरुकै निमित्त प्रायःजसो सबै देशमा कुटनैतिक नियोग अर्थात् नेपालीको राजदुतावास स्थापित छन् । तर धेरै नेपालीको गुनासो रहने गर्छ र सत्य पनि हो विदेसमा रहेको सबै नेपालीहरुको सहयोगी बन्न सकेको सम्म छैन सम्बन्धित देशमा रहेको नेपाली राजदुतावास या भनौ त्यहाँको कर्मचारी ।

वैदेशिक रोजगारको क्रममा बिदेशमा बसेर काम गर्दै बचाएर कमाएको पैसाले मुलुको अर्थतन्त्र धानेको मात्र छैन धेरै नेपालीहरुको जीवनस्तरमा उल्लेख्यीय सुधार आएकै छ । नेपालीहरुको जीवन पद्धति केही सहज बन्दै गएको छ । उपलब्ध आधुनिक जीवन प्रक्रियाको उच्चतम प्रयोग नेपालमा पनि देख्न सक्छौ जुन वैदेशिक रोजगारीले भित्राएको सकारात्मक पक्ष हुन् भने नकारात्मक पक्षहरु पनि थुप्रै छन् । वैदेशिक रोजगारीमा गएका मानिसहरु प्राय धेरै विवाहित छन् ।

श्रीमान् र श्रीमती बिचको सम्बन्धलाई बाध्यतावस रहेको दुरीले कति सम्म निकटता या शंका उपशंका उत्पन्न हुन्छ वा गराउछ भन्ने कुरा हाम्रो नेपाली समाजमा सर्व्बिबिध नै छ सबैमा । पछिल्लो समय श्रीमान् श्रीमतीबिचको सम्बन्ध विच्छेदको खबरहरु पनि थुप्रै आएको पढ्न र सुन्न सक्छौ । जुन वैदेशिक रोजगार नै कारक हो भन्ने कुरामा सायदै दुई मत नहोला ।

भनिन्छ श्रीमान् र श्रीमतीको सम्बन्ध भनेको एकअर्का बिचको परस्पर विश्वास,प्रेम र सम्मानको पर्याय हो । तर पछिल्लो समय विदेशमा रहेको परुष जो आफ्नो घरपरिवारसँग सम्पर्क बिहिन हुने र बिदेशमा नै अन्य महिलासँग सम्बन्ध बनाएर बस्ने,जाड रक्सिको कुलतमा फस्ने लगायतका अनेकौं घटनाहरु छन् ।

त्यसै गरि बिदेशमा श्रीमानले दुख गरेर कमाएर पठाएको पैसा को सहि सदुपयोग नगरिनु,अनावश्यक खर्च गर्नु र श्रीमानले कमाएको पैसा लगायतको सम्पत्ति सहित श्रीमती दोस्रो पुरुषसँग सम्बन्ध स्थापित गर्ने गरेको घट्नाहरु पनि समाजमा थुप्रै देख्न र सुन्न सक्छौ । यी सबै घटनाहरुको कारक भनेको वैदेशिक रोजगार नै हुन जान्छ । देश यतिबेला युवा बिहिन छ गाउँ घरमा कोही ब्याक्तीको मृत्यु भए लास उठाउने मानिस सम्म मुस्किल पर्छ भेट्न । महिला बृद्ध र बालबालिका बाहेक युवा भेट्न मुस्किल पर्छ किनकी धैरै युवा बिदेशमा छन त बचेका युवा पनि बिदेश नै जाने प्रयासमा छन।

यस्तो भयावह स्थिति कहिले सम्म? सम्बन्धित निकायले यसबारेमा सोच्ने कहिले हो?मुलुकले बिकासको हकमा कहिले फड्को मार्ला?अर्काको देशमा जोतिन जान त्रिभुवन एयरपोर्टमा लाम लाग्नु नपर्ने दिन आउने कहिले हो?पश्न केवल प्रश्नमा नै सिमित छ सम्बन्धि निकाय मौन छ तर ननिदाईकन निदाएको जस्तो गर्दै छ जति घचघचाए पनि व्यर्थ छ ।

वैदेशिक रोजगार पनि आफैंमा नराम्रो पक्ष पक्कै छैन । मुलुक भित्र रोजगार नपाएको बखत बिदेशमा नै भए पनि जेजस्तो रोजगार पाए पनि देश,ब्यक्ति र परिवार सबैलाई थोरबहुत राहत नै भएको छ । सबैभन्दा उपयुक्त त नेपालीहरुको लागि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरियोस् जुन त्यस बाहेक बिदेश गएर पनि सम्मानजनक काम र उपयुक्त पारिश्रमिक ग्यारेन्टी नेपाल सरकारले नै गर्नुपर्छ ।

हाल मलेसिया,कतार,युएई,साउदी,कुवेत,बहराइन आदि खाडी मुलुक बाहेक अन्य देशहरुमा आफ्नो नागरिकलाई रोजगार उपलब्ध गराउने कुनै कदमहरु चालेको पाईदैन । पछिल्लो समय ईपीएस मार्फत कोरियाली सरकारले नेपाली कामदारलाई निश्चित सङ्ख्यामा लगेर राम्रो पारिश्रमिकमा काम गराएको पाईन्छ । यसरी नै नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहाने नेपाली नागरिकका निमित्त अन्य विकसित देश लगायत युरोपियन देशहरुसँग स्वामोनियन गरियोस् । तर सबैभन्दा बढि प्राथमिकता देश बिकास नै रहोस् ।

खाडीको समुन्द्रमा बालुवा माटो खन्याएर दुबो रोप्ने नेपालीहरु नै हुन उनिहरुलाइ आफ्नै देशमा मुलुकलाई बिकासको मुहान फेर्नेमा प्रयोग गरियोस् नकि बनिएका केही भौतिक संरचना तोड्नलाई होईन ।बिदेशको हरेक कम्पनी कार्यलय देखि ठुला ठुला महलहरुको गेट अगाडि ठडिएर मालिक देखि पिउन सम्मलाई सलाम हान्ने नेपाली हातहरुलाई कुनै बेलाको कोहीसँग नहारेको नझुकेको वीर गोर्खाली कै हात हो भन्ने नभुलेर सम्मानसाथ मुलुक भित्रै रहने सक्ने अवस्थाको सिर्जना गर्नु पनि आजको आवस्यकता हो।

-(लेखक अर्याल हाल वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा छन् ।)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
‘प्रधानमन्त्रीले अधिनायकवाद र सर्वसत्तावादी बाटो रोजे’
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
‘संघीयता चाहिँदैन, राजतन्त्र नफर्की मुलुक बन्दैन’