एमाले अध्यक्ष ओलीको घरको गेटमा बम बिस्फोट (हेर्नुहोस् भिडियो)


राजु पौडेल
झापा, मंसिर ९ । झापाको दमक–५ स्थित नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेटमा आज बिहान बम विष्फोट भएको छ ।


विष्फोटबाट ओली निवासको पूर्वी गेटमा सामान्य क्षति भएको छ । बिहान ४ बजेतिर अचानक ठूलो आवाजका साथ विस्फोट भएकाले झण्डै दुई किलोमिटर टाढासम्म आवाज सुनिएको थियो । त्यही स्थानमा राखिएको अर्काे बम भने सेनाको २१ नंम्वर बाहिनिवाट गएको बम डिस्पोजल टोलीले बिहान सुरक्षित रुपमा डिस्पोज गराएको छ । ओली निवासमा दमक नगरका मेयर रोमनाथ ओलीको परिवार बस्दै आएको छ । अहिले यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । ओली आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएको छ ।
त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उद्धव थापाको घरमा पनि गएराति १२ बजेर २० मिनेट जादा बम विष्फोट भएको छ । विष्फोटनबाट अर्जुनधारा–७ स्थित थापाको घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । निर्वाचनको मुखमा यस्तो घटना हुनु दुर्भाग्य भएको उम्मेद्वार थापाले बताउनुभएको छ ।
सरकारले निर्वाचन सुरक्षा व्यवस्था कडा बनाएको जनाएपनि विष्फोट र उम्मेद्वारमाथि आक्रमण भइरहदा त्रास बढेको छ । विष्फोटबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काबुलबाट १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे
अफगानिस्तानबाट नेपालीको उद्धारका लागि सरकार गम्भीर : प्रधानमन्त्री देउवा
स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु