नेपाल आईडलकि सन्ध्या जोशीको मिर्मिरे (भिडियो सहित)


काठमाडाैं, असार १० । नेपाल आइडल सिजन वान बाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले आफ्ना दर्शक श्रोताका लागि नयाँ गीत मिर्मिरे सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत तेस्रो कोशेली स्वरुप उक्त गीत लिएर आएका हुन् । नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यस अघि २ वटा गीत सार्वजनिक गरिसकेका छन् जुन दर्शक श्रोताहरुले मन पराएका छन् ।

आफ्ना गीतमा प्राय आफै देखिने सन्ध्या आफूलाई खासमा अभिनय गर्न भन्दा गाउन बढी सजिलो लाग्ने बताउछिन् । धेरै शुभचिन्तक र आफन्तहरुको अनुरोधले गर्दा अलि अलि रहर जागेर गीतमा अभिनय गर्ने गरेको उनी बताउछिन् । हेर्नुस् उनको भिडियो यस्तो बनेको छ ।

प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगितमा रहेको गीतमा सन्ध्या स्वयम्को आवाज रहेको छ । गीतको भिडियोमा सन्ध्यासंगै  भिजे तथा मोडल सुदित श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित श्रेष्ठ स्वयम्को रहेको छ भने उज्वल जोशीको सिनेम्याटोग्राफी तथा सम्पादन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक