एक्सनले भरपुर ‘वीराङ्गना’को ट्रेलर (भिडियो सहित)


झापा, असार ४ । एक्सनले भरपुर रहेको चलचित्र ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रकी मुख्य अभिनेत्री शिल्पा पोखरेलको दमदार एक्सन देखाइएको छ । चलचित्रमा शिल्पासँगै अनुपबिक्रम शाही, पृथ्वी राज प्रसाँईको मुख्य भूमिका रहेको छ ।

नारी प्रधान रहेको चलचित्रमा महिला सशस्त्र प्रहरीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रलाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन् । फोर्थ आइ मुभिजको ब्यानरमा निर्मित यो चलचित्रमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्ट लगानीकर्ता हुन् भने सुमी चामलिंग राई सह निर्माताको रूपमा रहेकी छिन् । चलचित्र ‘वीराङ्गना’मा शिल्पा, अनुप र पृथ्वीको साथमा प्रज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोइराला, प्रिया रिजाल, धिरेन शाक्, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, दीप शर्मा र पुरुपोत्तम न्यौपानेको सङ्गीत, श्री श्रेष्ठको द्धन्द, हरिघले लामा र रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । असार २९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको यस अघि दुई गीतहरू सार्वजनिक भइसकेको छन् ।

(भिडियो)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक