वर्षात सुरु भएसगैँ इलामका ग्रामीण क्षेत्रको यात्रा कष्टकर


इलाम, जेठ २९ । पूर्वको पर्यटकीय स्थल इलामको ग्रामीण भेगका पर्यटक स्थलहरुमा वर्षात सुरु भएसगैँ यात्रा कष्टकर बन्न थालेको छ । जिल्ला सदरमुकामबाट बिब्ल्याँटे हुदैँ माईपोखरी, टोड्के झरना, सन्दकपुर, ढाप पोखरी, हागेँथाम लगायतका उत्तरी क्षेत्रका पर्यटकीय स्थलहरुमा वर्षातको समयमा यातायातका साधनहरु कुद्न कठिनाई हुने गरेको छ ।

हिउँदको समयमा निर्माण गरिएका बाटो वर्षत लागेँसगैँ विग्रने समस्या वर्षेनी आउने गर्दछ । सन्दकपुर गाँउपालिका वार्ड नम्बर १ तालगाँउका धर्म खतिवडा भन्छन् “वर्र्षतको समयमा यात्रा नै अवरोद्ध नभएको तर सन्दकपुर गाँउपालिका र इलाम नगरपालिकाको सिमाना भने अन्य तुलनामा बाटो बिग्रेको छ, बाटोमा वर्षातको समयमा माटो बिराएकाले सडक खत्तम हुने गरेको हो ।”

उनले भने“सदरमुकाम जानेआउने बाटोमा काम नै अवरोद्ध हुने गरि बाटो ठप्प नभए तापनि पर्यटकीय स्थलहरु माईपोखरी, टोड्के झरना लगायत स्थलहरु जान भने वर्षतमा समस्या हुने गरेको छ । इलामको सन्दकपुर गाँउपालिकामा पर्ने सुलुबुङ,माइमझुवा,माबु,जमुना लगायतका ठाँउहरुमा भने पक्की पुल भएकाले वर्षातको समयमा मुस्किलले यातायात जाने गर्दछ । ”

यस्तै सदरमुकामबाट माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा पर्ने प्रसिद्ध बालागुरु शिवालयधाम, गुम्बा, उत्तरे पोखरी हुदैँ प्याङको थुम्के डाडाँ,जौबारी लगायत पर्यटकीय स्थल हिउँदको समयमा मात्र चर्चा हुने गर्दछन् ।

हिलो सडक र पक्की पुल नभएकाले सदरमुकामबाट गाँउपालिका जान कठिनाइ हुने गर्दछ । माईजोगमाई गाँउपालिका वार्ड नम्बर ५ मा पर्ने सोयाङमा भने पक्की पुल बन्दै गरेतापनि पूर्ण सम्पन्न नभएपछि वर्षतको समयमा आहोरदोहेर गर्न कठिन हुने गरेको छ ।

यस्तै माईजोगमाई गाउँपालिकाकै प्याङमा भने भने वर्षात लागे पश्चात सवारी साधन पूर्ण ठप्प हुने गर्दछ । गाँउबाट सदरमुकाम पड्न आएका विद्यार्थी,यात्रुलाई भने वर्षात कटाउन निकै समस्या पर्ने गरेको छ । माईखोलामा पुल नभएका कारण गत वषर््ाहरुमा जस्तै यस वर्ष समेत उक्त समस्या दोहोरिएको हो । समयमा बाटो निर्माण कार्य सम्पन्न नभएपछि र खोलामा पानीको उच्च बहाव आउन थालेपछि भने यात्रा कठिन हुने गरेको स्थानीय हेमन्त काफ्ले बताउछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई घाटा लागेको भन्दै ६४ लाखबढी रकम फिर्ता गर्ने तयारी
बर्षाका कारण झापाका अधिकांश स्थान जलमग्न, सयौँ घर डुबानमा
झापामा भारी बर्षा : तटबन्ध र ढल निकासको उचित व्यवस्थापन नहुँदा जतात्यतै जलमग्न, सयौँ घर डुबानमा
बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ