क्रिकेटर सन्दीप लामिछाने गायक पनि, पहिलाे गित रिलिज (भिडियाे)


काठमाडाैँ, जेठ २४ । चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने गायक पनि बनेका छन् । उनकाे पहिलाे गित ट्यूवमा रिलिज भएकाे छ ।

आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट ‘उदास थियो मेरो मन’ बोलको गीत  रिलिज गरेका छन् । उनको आफ्नै कम्पोजिसन रहेको गीतलार्इ विनोद तिमिल्सिनाले लेखेका हुन् । सन्दीपले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

उनको स्वर गजबकाे सुनिएकाे छ । उनले गाएकाे गित रोमान्टिक र मेलोडियस छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने
साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स