मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश(हेर्नुस् भिडियो )


झापा, मंसिर ५ । झापाको सताक्षीधाममा जारी दोस्रो सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनलमा जित हासिल गर्दै मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । मनाङले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।


खेलको चौथो मिनेटमा बिमल राणाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले बिशाल राईको पासमा गोल गरेका थिए । २७ औं मिनेटमा आयोजक सतासीधामका रेजिन सुब्बाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सुनिल बलको पासमा गोलकिपर दिनेश थापामगर अगाडी बढेको मौकामा भलि गर्दै बललाई पोष्टको दिशा दिएका थिए ।
खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै मनाङलाई पुनःअग्रता दिलाएका थिए । रिबाउन्स बललाई विशालले जाली चुमाएका थिए ।
२४ औं मिनेटमा आयोजकका विमल घतीमगरले दिएको क्रस बललाई सुमन लामाले गरेको सशक्त प्रहार मनाङको क्रस बारमा लागेर फर्किएको थियो । सो बललाई सुनिल बलले गरेको प्रहार बाहिरिएको थियो । ४० औ मिनेटमा विशाल राईको फ्रिकिक गोलकिपर विशाल श्रेष्ठले पञ्च गरेर जोगाएका थिए ।
७८ औं मिनेटमा आयोजकका रेजिन सुब्बाको प्रहार पोष्टको बाया साइडबाट बाहिरियो । ३९ औं मिनेटमा सुजल श्रेष्ठको पासमा विमल राणाले गरेको प्रहार आयोजकका गोलकिपर श्रेष्ठले जोगाएका थिए । खेलको इन्जुरी समयमा राणाकै अर्को कडा प्रहार श्रेष्ठले पञ्च गरेर फर्कादिएका थिए ।
खेलको म्यान अफ द म्याच मनाङका विशाल राई भए । उनले नगद १० हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको उाधिको लागि बिहीबार मनाङले त्रिभुवन आर्मी क्लबसंग फाइनल खेल खेल्नेछ । चिरपरिचित प्रतिद्वन्दी मनाङ र आर्मीबीचको जितहार बराबरी रहेको छ । यस सिजनको सर्लाहीमा सम्पन्न राजश्री गोल्डकपको फाइनलमा मनाङले आर्मीमाथि एक शून्यको जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख
राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा
टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्
फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा