घरेलु मैदानमा झापा ११ पराजित (हेर्नुहोस् भिडियो)


राजु पौडेल
झापा, मंसिर ४ । घरेलु मैदानमा झापा ११ माथि सहज जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले झापालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

खेलको १३ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । झापाका कप्तान योगेश गुरुङ्गले डिबक्स नजिकै आर्मीका सन्तोष तामाङ्गलाई फल गरेपछि आर्मीले फ्रिकिक पाएको थियो । तामाङ्गले गरेको फ्रिकिकलाई झापाका गोलकिपर किशोर गिरी अनमार्क रहेको बेला नवयुगले गोल गरेका थिए ।
३६ औं मिनेटमा नवयुगले दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाएका थिए । उनले जर्ज प्रिन्स कार्कीको पासमा मैदानको मध्य भागबाट सिंगल बललाई जाली चुमाएका थिए । ७८ औं मिनेटमा आर्मीका सब्सिच्यूट खेलाडी दीप लामाले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
घरेलु दर्शकको भरपुर साथ पाएको झापा ११ का लागी आर्मीका रक्षापंतीका विमल पाण्डे, जितेन्द्र कार्की र पदम तामाङ पर्खाल सावित भएका थिए । झापाका स्ट्राइकर चल्न नसक्दा गोल गर्ने अवसर पाएपनि झापाले पराजय बेहोर्नु पर्यो । खेलको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ भए । उनले नगद १० हजार रुपैया प्राप्त गरे । जितसंगै आर्मीले कम्तिमा २ लाख ५० हजार रुपैया पुरस्कार सुरक्षित गरेको छ । उपाधिको लागि आर्मी मंगलबार हुने आयोजक र मनाङबीचको खेलको विजेतासँंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा मंगलबार अन्तिम सेमिफाइनल खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख
राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा
टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्
फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा