मनाङ सेमिफाइनलमा (हेर्नुहोस् भिडियो)


राजु पौडेल
झापा, मंसिर ३ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा झापाको शिवसताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकपबाट रुपन्देही ११ बाहिरिएको छ । खेलको ६ मिनेटमै अग्रता लिएको रुपन्देहीलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै मनाङ्ग मस्र्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि मनाङ्गले आयोजक सतासीधाम स्पोर्टिङ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।


टाइब्रेकरमा रुपन्देहीका रजिन धिमालको प्रहार बाहिरिएको थियो भने विजय धिमालको प्रहार गोलकिपर दिनेश थापामगरले बचाउ गरेका थिए । मनाङका विमल बस्नेत, कमल श्रेष्ठ, निराजन मल्ल र दोणा थापाको प्रहार गोल भएको थियो भने रुपन्देहीका निरज बस्नेतले मात्र गोल गर्न सफल भएका थिए ।
खेलमा अग्रता रुपन्देहीले लिएको थियो । उसका विदेशी खेलाडी अबाले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए । रजिन धिमालको कडा प्रहार मनाङ्गका गोलकिपर दिनेश थापामागरको हाटबाट रिबाउन्स भएको थियो । सो बललाई सदुपयोग गर्दै अबाले गोल गरेका थिए । ७९ औं मिनेटमा मनाङ्गका दोणा थापाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डिबक्स नजिकै रुपन्देहीका सौरब मगरको हातमा बलले छोएपछि मनाङ्गले फ्रिकिक पाएको थियो । खेलको दोस्रो हाममा मनाङले रुपन्देहीलाई दबाबमा राखेको थियो ।
खेलमा म्यान अफ द म्याच मनाङका दोणा थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सोमबारदेखी सेमीफाइनलका खेलहरु हुँदैछ । पहिलो सेमिफाइनलमा रमपम झापा ११ र त्रिभूवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख
राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा
टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्
फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा