सरकारका सय दिन : ‘सामान्य गति, दर्जन विसंगति’ (भिडियो सहित)


झापा, जेठ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको सय दिनलाई ‘सामान्य गति, दर्जन विसंगति’ भनेर टिप्पणी गरेको छ । सरकार गठन भएको सय दिन पुरा हुँदा सम्म पनि वर्तमान सरकारले सोचे अनुरुपको गतिमा काम गर्न नसकेको धारणा काँग्रेसले सार्वजनिक गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार भिडियो विज्ञप्ती मार्फत् वर्तमान सरकारको एकसय दिनको कार्यशैली सामान्य रहेको र दर्जन बढी विसंगति निम्त्याएको टिप्पणी गर्नुभएको छ । वर्तमान सरकारको १२ विसंगतीबारे चर्चा गरिएको उक्त भिडियो विज्ञप्तीको शुरुवातमा शर्माले सासंद्पदको शपथग्रहण नगरि प्रधानमन्त्री पदको शपथ गरेको भन्दै सय दिनको सुरुवात विसंगतीबाट भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि पूर्व सरकारले सासंद् मनोनितका लागि गरेको सिफारिस अस्वीकृत गर्नु, श्वेतपत्र जारी गरेर अर्थक्षेत्र निराशा पैदा गरेको, प्रधानन्यायधीश नियुक्त गर्न नसक्नु, संघीयतामा गएपनि प्रदेश सरकारलाई शसत्तीकरण गर्ने कार्यक्रम ल्याउन नसक्नु वर्तमान सरकारको विसंगती भएको काँग्रेसको धारणा छ ।

त्यस्तै, मोदीको नेपाल भम्रणमा सरकारले गरेको व्यवहार र चरित्रले राष्ट्रवाद उदाङ्गो भएको काँग्रेसको टिप्पणी छ । ‘राष्ट्रवादको सन्र्दभमा हिजो उग्र ढंगले व्यक्त भएका अभिव्यक्ती अभिमतलाई खण्डित गरेको छ’ शर्माले भनेका छन् ।सरकारको नीति तथा कार्यक्रममा नीति राम्रो भएपनि कार्यक्रम शुन्य रहेको साथै सरकारले कर्मचारी, प्रशासनको मनोबल गिराउने भुमिका गरेको, मुल्यवृद्धि रोक्न नसकेको जस्ता टिप्पणी प्रतिपक्षी दल काँग्रेसले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने