निर्वाचन पछि पार्टी एकीकरण : वामगठबन्धन (हेर्नुहोस् भिडियो)


राजु पौडेल
झापा, मंसिर २ । वामगठबन्धनका शिर्ष नेताहरुले पार्टी एकीकरण रहर र लहरले नभई देश बनाउने संकल्पका साथ गर्न खोजिएको बताएका छन् । निर्वाचन अघि नै एकीकरण गर्ने प्रयास गरिएपनि समय अभावका कारण निर्वाचनपछि गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

शनिबार झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलद्धारा आयोजित पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन कार्यक्रममा वामगठबन्धनका शिर्ष नेताहरुले एमाले र माओवादी केन्द्रको गठबन्धनबाट विपक्षीहरु हतास भएको जिकिर गरेका छन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धन हुँदा नै आतिएकाहरु दुई महिनापछि वामपन्धीको सरकार बन्दा के गर्छन् ? भनी प्रतिप्रश्न गर्नुभयो । वामगठबन्धन मुलुकको आवश्यकता भएको उहाँको भनाई थियो । ‘चुनाव अघि एकीकरण गर्न भ्याईएन’ ओलीले भने, ‘चुनावमा तालमेल मात्रै हुँदा त विपक्षी यसरी हतास छन्, एकीकरण पछि झन् के होला ?’
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुलाई लगाउने गरिएको आरोप आफूहरुको गठबन्धनले जवाफ फर्काएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले नेपालको भाग्य र भविष्य अब कम्युनिष्टहरु मात्र निर्माण गर्न सक्ने भन्दै आगामी सरकारले हरेक नागरिकको भावना र पिडा बुझेर काम गर्ने आश्वसन दिनुभयो । ‘नेपालमा हामीलाई उपल्लो वर्गका केही मान्छेले वदनाम गर्न धेरै आरोप लगाए’ दाहालले भने, ‘तर त्यसको जवाफ दियौं र अब पनि दिन्छौं ।’

चार दिन सम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवमा अध्यक्षद्वय ओली र दाहालले समेत सामान्य स्वास्थ्य परिक्षण गर्नुभएको थियो । महोत्सवबाट करिब १० हजार सर्वसाधरणले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली
मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने