ला लिगा : लिग लिडर बार्सिलोना र लेगानेसको भिडन्त आज राति


झापा , मंसिर २। स्पेनिस फुटबल प्रतियोगिता ला लिगामा आज राति केही ठूला खेल हुँदैछन् । जसमा आज लिग लिडर बार्सिलोना र लेगानेस आमनेसामने हुँदैछन् ।

हाल लिगको शीर्ष स्थानमा बसेको बार्सिलोना आज नवौं स्थानको लेगानेससँग उसकै मैदानमा उत्रिँदैछ । लिगमा हालसम्म अपराजित रहेको बार्सिलोना आज पनि जितेर अपराजित यात्रालाई कायमै राख्न चाहन्छ ।

बार्सिलोनाले हालसम्म खेलेका ११ खेलमा १० खेल जितेको छ भने एक खेल बराबरी गरेको छ । उसको खातामा कूल ३१ अंक छ ।

आज घरेलु मैदानमा लिग डिलरसँग भिड्न लागेको लेगानेसले समान ११ खेलबाट पाँचमा जित, चार र दुई बराबरी गर्दै खातामा १७ अंक राखेको छ । खेल नेपाली समयअनुसार आज राति ९ बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख
राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा
टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्
फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा