माई भ्याली गोल्डकप : संकटा क्लब र सिक्किम युनाइटेड भारत विच खेल शुरु (तस्बिरमा पनि हेर्नुहोस्)


इलाम, बैशाख ८ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रित माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो प्री–क्वार्टरफाइनल खेलमा अहिले सीएमजी संकटा क्लब र पाहुना टोली भारतको सिक्किम युनाइटेडविच खेल शुरु भएको छ ।

गत संस्करणमा संकटा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग १–० ले पराजित बन्दै पहिलो चरणबाटै बाहिरिएको थियो भने सिक्किम युनाइटेड पहिलो पटक माई भ्याली गोल्डकपमा प्रतिस्पर्धा गर्दैछ । सिक्किम पछिल्लो पटक गत फागुनमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकपमा घरेलु टोली झापा–११ सँग २–१ गोल अन्तरले पराजित भएको थियो । जारी खेलको प्रत्यक्ष प्रशारण ईपूर्व डटकमको फेसबुक पेज र युटुवमा हेर्न सकिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने
साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स