एपीएफको सुखद शुरुवात


झापा, कार्तिक २९।झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको दोस्रो खेलमा विभागीय टीम एपीएफ विजयी भएको छ ।
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको खेलमा एपीएफले पाहुना टीम भारतको डायमण्ड अफ एकाडेमी मध्यप्रदेशलाई ४–० ले पराजित गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक रुपमा खेलिएको उक्त खेलको पहिलो हाफको ३१औं मिनेटमा कर्नरको सदुपयोग गर्दै हेड मार्फत रुकबहादुर लामाले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । एपीएफले प्रहार गरेका दर्जनभन्दा बढी एकाडेमीका गोलकीपर अभिजित रोयले विफल बनाइदिएका थिए ।
प्रतियोगिताको पाहुना टीम मानिएको डायमण्ड अफ एकाडेमी, मध्यप्रदेशले हाफ टाइमपछि आफूलाई सम्हाल्न नसक्दा अरु ३ गोल खान वाध्य भएको थियो । हाफ टाइमपछि आफूलाई सबल बनाएको एपीएफले एक तर्फी जस्तो देखिएको खेलको ६४औं मिनेटमा जर्सी नं. १४ का श्याम नेपालीले, ७३ औं मिनेटमा रञ्जन बिष्टले गरेका थिए भने इन्जुरी समयको ८१औं मिनेटमा नबिन लामाले थप १ गोल गर्दै आफ्नो टीमको जीत सुनिश्चित गराएका थिए ।
खेलको म्यान अफ द म्याच विजेता टीमका रुकबहादुर लामा भए । उनले नगद १० हजार प्राप्त गरे भने बिहिबारको खेल आयोजक सतासीधाम स्र्पोटिङ क्लब विरुद्ध दूधे गोल्डकपको विजेता चर्च ब्वाइज काठमाडौंबीच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए । आयोजकका तर्फबाट राष्ट्रिय खेलाडीहरु अनन्त तामाङ्ग, बिमल घर्तीमगर, विक्रम लामा, विशाल श्रेष्ठ आदि मैदानमा उत्रने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख
राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा
टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्
फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा