झापामा कर दिवस भव्य रुपमा मनाउने तयारी


झापा,  । यस वर्षको राष्ट्रिय कर दिवस झापामा भव्य रुपमा मनाउने तयारी गरिएको छ । मंसिर १ गते मनाउने गरिएको राष्ट्रिय कर दिवसलाई यस वर्ष पनि करसप्ताहमा रुपमा मनाउन लागिएको हो ।


आन्तरिक राजश्व कार्यालय झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १ गते देखि ७ गते सम्म करसँग सम्बन्धित विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय कर दिवस मनाउने तयारी भएको जनाएको छ । ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने मुल नाराका साथ मनाउन लागिएको करसप्ताह प्रभातफेरी र उद्घाटन गरी बिर्तामोडबाट सुरु गरिने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो । करसप्ताहमा व्यवसायिक घरदैलो शिक्षा, टिडीएस अनलाइन सम्बन्धि कार्यक्रम, विवरण संकलन, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला साथै व्यवसायीसँग अन्र्तरक्रिया गरिने जनाइएको छ । सप्ताह समापनको दिन उत्कृष्ट करदाता र कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यालयका प्रमुख आचार्यले कर सप्ताहले करदाताहरुलाई कर आफ्नै लागी तिर्न जरुरी रहेछ भन्ने सन्देश प्रदान गर्न प्रभावकारी बनेको बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार कार्यालय अन्र्तगत ५४ हजार २ सय ६१ करदाता रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै
सुकुम्बासीविहीन बन्दै मौवाखोला गाउँपालिका
मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड