झापामा मनोनयनपत्र दर्ताको अन्तिम तयारी


झापा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभासदस्य निर्वाचनको लागि भोली (बिहीबार) हुने मनोनयनपत्र दर्ताको तयारी झापामा अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला निर्वाचन कार्यालय झापा र झापा प्रशासन अन्तिम तयारीमा रहेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले निर्वाचनमा मनोनयनपत्र दर्तामा गर्नुपर्ने सम्पूर्ण कार्यको तयारी लगभग पुरा भएको जानकारी दिनुभयो । निर्वाचन आयोगले कार्तिक १६ गते उम्मेदवार मनोनयनपत्र दर्ता लागि विहान १० देखि बेलुका ५ बजे सम्मको समय तालिका सार्वजनिक गरिसकेको छ । सो समय तालिका बारेमा प्रशासन कार्यालय झापामा बसेको राजनीतिकदल तथा सरोकारावालाको बैठकले मनोनयपत्र दर्ता कार्यक्रमलाई सहज र सरल बनाउन विभिन्न बुदाँमा लिखित सम्झौता गरिसकिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयनपत्र दर्ता गराउने आउने राजनीतिक दलका उम्मेदवारलाई समयतालिका र कोणसभा गर्ने स्थान समेत तोकिएको छ । राप्रपा लगायतको गठबन्धनले विहान १० देखि ११ बजेसम्म र कोणसभा मेची रंगशाला भद्रपुर भित्र, राजपासहितको गठबन्धनले विहान ११ देखि साढे १२ बजेसम्म र कोणसभा खाद्य गोदामको मैदानमा, नेपाली काँग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह् २ बजेसम्म र कोणसभा एुसपी मोड अगाडी, एमाले–माओवादीसहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभा वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा र साना दल तथा स्वतन्त्रले समय अनुकुल मिलाएर मनोनयनको व्यवस्था मिलाइएको छ । मनोनयापत्र दर्ताका लागि झापाको सदरमुकाम भद्रपुरमा मुख्यसहित पाँच वटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । प्रहरी समेत मनोनयनपत्र दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने अन्तिम कसरतमा छन् । उम्मेदवार, प्रस्तावक र समर्थकलाई मात्र निषेधित क्षेत्रमा भित्र प्रवेश गर्न दिइने प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिनुभयो । दलहरु पनि मनोनयन दर्ताका लागी उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भीम रावलले दिए सांसद पदबाट राजीनामा
देउवाले विश्वासको मत पाउने सम्भावना कति ?
एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने
कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समितिमा मापदण्डबारे विवाद, पदाधिकारीमा छलफल हुने