नेपालद्वारा आयोजक मलेसिया ८ विकेटले पराजित


झापा, कार्तिक २८ । नेपालले एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ४६ रनको झिनो चुनौति पाएको नेपालले ५.३ ओभरमा २ विकेटको क्षतिमा भेटाएको हो ।


नेपालको जितमा ओपनर अनिल कुमार शाहले २६ रन बनाए । उनले १५ बलमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालका दिपेन्द्र १२ र आसिफ ४ रनमा आउट भए ।
मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपालले सामान्य चुनौति पाएको थियो । २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले १५.३ ओभरमा ४५ रन हुँदा सबै विकेट गुमाएको हो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान २–२ विकेट लिए । त्यस्तै, अनिल कुमार शाहले एक विकेट लिए ।
मलेसियाका ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरेको थियो । मलेसियाको ३३ रन हँुदा पहिलो विकेट गुमेको थियो । त्यसपछि मलेसियाका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । मलेसियाका लागि सैद अजिज सैद मुबराकले २० र भिरन्दिप जग्जित सिंहले १० रन बनाएका थिए ।
एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । समूह ए मा रहेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा जित हात पार्दै समूहको शीर्ष स्थानमा रहेको छ । नेट रनरेटको आधारमा भारत नेपाल भन्दा अघि रहँदै दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विराट गोल्डकपको उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै
आहा रारा गोल्डकपको फाइनल खेल आज, संकटा क्लव र अफ्रिकन रूट खेल्दै
किरण चेम्जोङ एसियाकै उत्कृष्ट
अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज