झापाली युवाको मलेसियामा मृत्यु


क्वालालम्पुर, कात्तिक २७ । मलेसियामा सेक्युरिटी गार्डका रुपमा कार्यरत एक झापालीको मृत्यु भएको छ । अजाम अर्मदा सेक्युरिटीमा कार्यरत झापा दमक निवासी शिवकुमार लिम्बूको मृत्यु भएको हो ।

मृतक सँगै कार्यरत नुवाकोटका पासाङ तामाङले जानकारी गराए अनुसार लिम्बू खाना खाएर राती दश बजेतिर आफ्नै आछ्यानमा सुतेका थिए । बिहान ड्युटिको समय भएकाले करिव पौने ६ बजेतिर उठाउन जादा ऊनी मृत अवस्थामा भेटिएका थिए । उनको पोष्टमार्टम रिपोर्ट समेत आईनसकेकाले के कारणले मृत्यु भएको खुल्न नसकेको तामाङले जानकारी दिनुभयो । मृतक लिम्बू अजाम अर्मदा सेक्युरिटी अन्तर्गत मलेसियाको काजाङ स्थित चेरासमा कार्यरत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु