‘दिलको भित्तैमा’ कार्टुनक्रुज (भिडियो सहित)


झापा , कात्तिक २७ ‘दिलको भित्तैमा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतलाई कार्टुनक्रुजको अफिसियल युट्युब च्यानलबाट कार्तिक २४ गते शुक्रबारका दिन सार्वजनिक गरिएको हो । म्युजिक भिडियो भित्र राम्रो कथावस्तु बनाएर प्रस्तुत गर्ने कार्टुनक्रुज ग्रुपले यस गीतलाई पनि निकै राम्रो शैलीमा प्रस्तुत गरेका छन् ।

सार्वजनिक भएको यस गीतमा अल्मोडा राना उप्रेती ,एन्जिला रेग्मी र नबिन रावलको आवाज सुन्न सकिन्छ । गीतमा मिलन बिष्टले शब्द तथा संयोजन गरेका छन् भने अल्मोडा राना उप्रेतीले गीतलाई एरेन्ज गरेका हुन् । गीतमा होस्टेल र क्लासमा साथीसँग गरिने रमाइलो र प्रेम समबन्ध देखाइएको छ । होस्टेलमा गरिएको रमाइलो वार्डेनले थाहा पाएपछि विद्यार्थीले भोगेको परिणामलार्इ यो भिडियोमाा रोचकरूपमा प्रस्तुत गरिएको छ ।

कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा तयार भएको यस भिडियोमा सरोज र आश्मा विश्वकर्माको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा कार्टुन्ज क्रु सदस्य सरोज र रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईको प्रसुति रहेको छ ।

 हेर्नुहोस् भिडियो :-


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक