ePurwa

भारतले पठायो पेट्रोल तथा डिजेलमा बढेको मूल्य सूची


मङ्गलवार, माघ ३, २०७९

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँमूल्य सूची पठाएको छ ।

निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो । नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको छ ।

सम्बन्धित खबर