यू १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित


काठमाडौं, कात्तिक २६ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।

यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए ।

त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा रहेको छ ।यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पिसीआर रिपोर्ट नेगेटिभ आएपछि क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु
बिराटनगर सिटी एफसीद्वारा भुटानकाे पाराे क्लवसँग फुटबल विकाशका लागि सम्झाैता
गोर्खाली पाराको खेलबाट सन्तुष्ट छु : अलमुताइरी
नेपालले एशियन कपकाे बाटाे प्लेअफबाट खाेल्नुपर्ने