एकैछिनमा आउछु भनेर हिँडेका थिए साजन (भिडियो सहित)


राजु पौडेल/नारायण अर्याल
झापा, फागुन २९ । गत फागुन २० गते दिउँसो बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखिया ‘माल’ पु¥याउन भन्दै आफ्नो पसलबाट निस्किए । श्रीमती रविनालाई ‘एकैछिनमा आउछु है’ भन्दै निस्किेका साजन दशदिन पछि घर त फर्किए तर सदाका लागि यो संसारबाट बिदा भएर ।

सुनचाँदी व्यवसायी संघ झापाका सदस्य समेत रहेका साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार शव फेला परेपछि बिर्तामोड शोकाकुल छ । सोमबार साँझतिर साजन मृत फेला परेको खबरले विगत दशदिन देखी चिन्तामा परेको मुखिया परिवार अहिले झनै शोकमा डुबेको छ ।

गर्भवती साजनकी श्रीमती रविना छिनछिनमा मुर्छा पर्दै बोहुरिरहेकी छन् । ६ बर्षका छोरा देवा आँखा भरी टिलपिल आँसु पारेर सबैका मुखमुखमा हेर्दै बसीरहेका छन् । छोरो हत्याको खबर सुनेर आज झापा आएका साजनका बुबा नथुनी र आमा चुमादेवी भावविह्वल छन् । ‘एकछिनमा आउछु भन्दै जानुभएको थियो’ घरिघरि रबिना आफैं भन्छिन्, ‘कसैले खोजेन ।’
मुखियाको घरमा छिमेकी, आफन्त र व्यवसायीकाको घरमा भिड लागेको छ । घरमा पुगेका धेरैका आखाँ रसाएका छन् । भित्तामा राखिएका साजनका तस्विर देखेर उनका बारेमा कुरा गर्दै कोही दुःख व्यक्त गर्छन् ।

तीन पक्राउ
मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमवार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको थियो । मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायीसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बिर्तामोड बन्द

साजन मुखियाको हत्याको विरोधमा बिर्तामोडका व्यवसायीले आज बिर्तामोड बजार बन्द गराएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीहरुले बिर्तामोडका पसल बन्द गराएका हुन् । हत्यारालाई पक्राउ गरी कारवाही गर्न व्यवसायीले माग समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा
बिर्तामोडबाट ठूलो परिमाणको ब्राउनसुगरसहित दुई पक्राउ
दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम