सरस्वती मवि बाहुनडाँगी र काँकरभिट्टा मावि विजयी


मेचीनगर ,१४ कात्तिक । मेचीनगर स्तरीय दोस्रो आशिषविक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिता अन्तरर्गत मंगलबारको खेलमा सरस्वती मावि बाहुनडाँगी र काँकरभिट्टा मावि विजयी भएका छन् ।
बालकल्याण बाल क्लबको आयोजनामा विद्यालयको प्रांगढमा भएको प्रतियोगिताको पहिलो खेलमा मेचीजनसाधारण मावि बाहुनडाँगीलाई ३—२ को गोल अन्तरले हराउँदै सरस्वती माविले सेमीफाइनलको यात्रा तय गरेको हो । विजयी टोलीकालागि सरस्वतीका केल्भिन मगरले २ र राज दर्जीले १÷ १ गोलको योगदान गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता केल्भिन मगर घोषित भए । उनलाई पूर्व विद्यार्थी विनोद तामाङले ट्रर्फी प्रदान गरेका थिए ।
दोस्रो खेलमा काँकरभिट्टा माविले कविशिरोमणी माविलाई टाइब्रेकरमा ४—२ गोल अन्तरले हराएको थियो । निर्धारित समयभित्र १÷१ टाइब्रेकरमा काँकरभिट्टाका आषिश चिमरिया, सुरेन तामाङ, अभिशेष श्रेष्ठ र मनिष श्रेष्ठले गोल गरेका थिए । कविशिरोमणीका सागर सेन्चुरी र रुपक किसानले गोल गरे भने सुविन बुढाथोकी र खगेन्द्र लावतीले हानेको बल गोल रक्षक विजय बाँतरले बचाएका थिए । खेलका म्यान अफ द म्याच काँकरभिट्टाका गोलरक्षक विजय बाँतर भए । उनलाई काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले ट्रफी प्रदान गरेका थिए । बुधवारको पशुपति मावि बाहुनडाँगी र काँकरभिट्टा मावि तथा दोस्रो खेल ज्यामिरगढी मावि र भानु माविबिच हुने आयोजक क्लबी अध्यक्ष मिक्सेन लावतीले बताइन । १७ गतेसम्म हुने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार प्राप्त गर्नेछन् । खेलमा मेचीनगरका ११ वटा विद्यालयको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लागू औषधसहित तीनजना पक्राउ
मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा
ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख