चिसाङ्ग खोलाको चरम दोहन (भिडियो सहित)


फोटो, भिडियो खिच्न निषेध, जनप्रतिनिधी र प्रशासन मौन
राजु पौडेल
लेटाङ्ग (मोरङ्ग), कार्तिक २६ । उत्तरी मोरङ्गको लेटाङ्गस्थित चिसाङ्ग खोलाको चरम दोहन भइरहेको छ । ठेकेदार र क्रसर व्यवसायीले मापदण्ड विपरित नदीजन्य सामाग्रीको उत्खन्न गरिरहदा पनि स्थानीय जनप्रतिनिधी र प्रशासन मौन छ ।


खोलामै सञ्चालित ओम श्री क्रसर र चिसाङ्ग क्रसरले दैनिकरुपमा स्काभेटर नै प्रयोग गरेर सयौं टिपर ढुंगा, गिटीबालुवा निकाल्ने गरेका छन् । जिल्ला समन्वयन समिती मोरङ्गसँग एक दशमलव ५ मिटरसम्म नदीजन्य सामाग्री निकाल्ने सम्झौता भएर ठेक्का लागेको भएपनि ठेकेदार र क्रसर व्यवसायीले त्यसको तेब्बर भन्दा बढी गहिरो खनेर नदीजन्य सामाग्री निकालेका छन् । जथाभावी उत्खनन् गरेका कारण लेटाङ्ग–३ को कमलपुर गाउँ, लेटाङ्ग बजार प्रवेश गर्ने निर्माणधीन पक्की पुल र झोलुङ्गेपुल समेत जोखिममा परेको छ । ‘खोलामा जथाभावी मनोमानी ढंङ्गले उत्खनन् भइरेहेको छ’ स्थानीय दुर्गा गौतमले भने, ‘यसले चिसाङ्ग आसपासका वस्ती जोखिममा परेको छ ।’
स्थानीयका अनुसार चिसाङ्ग खोलामा उत्खनन् भइरहेपनि स्थानीय जनप्रतिनिधी, प्रशासन भने मौन छ । क्रसर व्यवसायीले कमलपुरका केही युवालाई हातमा लिएर खोला नखन्दा गाउँ डुबाउने भन्दै उचालेर मुढभेडको स्थिती सिर्जना गरिरहेको सर्घष समितीले आरोप लगाएको छ । मापदण्ड विपरितको उत्खनन् रोक्न लेटाङ्गका स्थानीयले सर्घष समिती नै बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । स्थानीयले शुक्रबार र शनिबार लेटाङ्ग बजार समेत बन्द गराएका थिए ।
उता, ओम क्रसर उद्योगका सञ्चालक भीम पौडेलले मापदण्डमै रहेर नदीजन्य सामाग्री उत्खनन् गरेको दाबी गरे । मोरङ्गका स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले मापदण्ड विपरित उत्खन्न भइरहेको सुचना आएकोले अनुगमन गरिने बताए । ‘मापदण्ड भन्दा बढी उत्खनन् भइरहेको कुरा आइरहेको छ’ उनले भने, ‘पहिला अनुगमन गर्दा त्यस्तो थिएन, अब चाँडै अनुगमन गर्छाैं ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो
विश्वभर ३२ लाखभन्दा धेरै संक्रमितको मृत्यु, दोस्रो लहरको ‘हटस्पट’ भारत
सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस
भूकम्पमा भत्केको ६ वर्षपछि ठडियो ‘आधुनिक धरहरा’, आज उद्घाटन गरिँदै