‘कार्टुन्ज क्रु’ ले ल्यायो ‘दिलको भित्तैमा’ (भिडियोसहित)


काठमाडौँ । नेपालको नृत्य समूह ‘कार्टुन्ज क्रु’ले अर्को म्युजिक भिडियो ल्याएको छ । नृत्यमा नयाँपन दिइरहेको कार्टुन्ज क्रुले ‘रुपको क्यालेन्डर’ को सफलतापछि नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

हालै सार्वजनिक ‘दिलको भित्तैमा’ बोलको गीतलाई उनीहरुले पृथक र रमाइलो शैलीमा प्रस्तुत गरेका छन् । मिलन बिष्टको शब्द रहेको यो गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गरेका छन्।

यस गीतमा अल्मोडा राना उप्रेती , यन्जिला रेग्मी र नवीन रावलको स्वर छ । गीतमा होस्टेलमा साथीसँग गरिने रमाइलो र प्रेम समबन्ध देखाइएको छ । होस्टेलमा गरिएको रमाइलो वार्डेनले थाहा पाएपछि विद्यार्थीले भोगेको परिणामलार्इ यो भिडियोमाा रोचकरूपमा प्रस्तुत गरिएको छ ।

कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यो भिडियोमा सरोज र आश्माको कोरियोग्राफी छ । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र विकास राईले नृत्य र कमेडी गरेका छन् ।

एक महिनाको अभ्यासमा नयाँ प्रयोगसहित तयार यो भिडियोबाट राम्रो नतिजा निस्कने अपेक्षा गरिएको निर्देशक सरोजले जानकारी दिएका छन् ।

हेर्नुहोस भिडियो:


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा
उत्पादनसँगै बजारीकरणमा पनि आफै जुटे कृषक
अर्जुनधाराको चुरेभावर क्षेत्रमा सकस