समाजवादीले उम्मेदवार टुंगो लगायो


काठमाडौं,१४ कात्तिक । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाएको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकले अधिकांश जिल्लाको उम्मेदवारी टुंगो लगाएको हो । काठमाडौँसहित केही जिल्लाको उम्मेदवारी वुधबार टुंगो लाग्ने संघीय समाजवादी फोरमले जनाएको छ ।

वुधबार बाँकी रहेका जिल्लाको विवरण समेत सार्वजनिक हुने बताइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । अध्यक्ष यादवको नाम मोरङबाट समेत सिफारिस भएको थियो ।
सप्तरी १ बाट प्रतिनिधिसभाका लागि डा। सूर्यनारायण यादव चुनाव लड्ने पक्का भएको छ । राजपासँगको सहमति अनुसार संघीय समाजवादीले सप्तरी ३ र ४ छोडेको छ ।

मंगलबार मात्रै राजपासँग सिट बाँडफाँडको समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बरिष्ठ नेता अशोक राई सुनसरी १ बाट चुनाव लड्ने भएका छन् । यसअघि राई उदयपुरबाट समानुपातिकतर्फ संविधानसभा सदस्य थिए । उपेन्द्र यादव सुनसरी–५ बाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लागू औषधसहित तीनजना पक्राउ
मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा
ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख