ओलीजीलाई सजिलै हराउँछु : खगेन्द्र अधिकारी (अन्तरवार्ता सहित)


राजु पौडेल
झापा, कार्तिक २४ । आसन्न प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनको माहोल तातिदै गएको छ । वामगठबन्धन बनाएर नेकपा एमाले र माओवादी केन्द्र अनि लोकतान्त्रिक गठबन्धन बनाएर नेपाली काँग्रेस चुनावी मैदानमा आउँदा सबैमा राजनीतिक चासो पनि बढेको छ । जसमध्ये दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा झापा क्षेत्र नम्बर पाँच पनि सबैले चासोपूर्वक हेरेको क्षेत्र हो । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधी सभा सदस्य निर्वाचनका लागी चुनावी प्रतिस्पर्धामा छन् ।

बामगठबन्धनको नेतृत्व गरेका ओलीसँग राजनीतिक बौद्धिकतामा खारिएका प्रा.डा. खगेन्द्र अधिकारी चुनावी मैदानमा छन् । अधिकारीको उम्मेद्वारीसँगै प्रतिस्पर्धा कस्तो होला भन्ने सर्वत्र चर्चा चल्न थालेको छ । ओलीको गृहनगर समेत रहेको क्षेत्रमा प्रतिस्पर्धा गर्न गौरादहमै जन्मिएका अधिकारी १७ वर्षदेखिको प्राध्यापन पेशा छोडेर चुनावी मैदानमा होमिएका छन् ।
त्यसो त करिब तीन दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेका व्यक्ति हुन्, अधिकारी । विद्यार्थी राजनीतिबाट प्राध्यापनमा लागेका उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन् । अधिकारीसँग पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्यको रुपमा रही काम गरिसकेको अनुभव समेत छ । ४३ वर्षिय अधिकारी पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गर्न आफ्ना क्षेत्रका मतदातासँग आफ्ना एजेन्डा सुनाएर मत माग्न थालिसकेका छन् । ‘म जनताको सेवक बन्न आएको हुँ’ अधिकारी भन्छन्, ‘मलाई विश्वास छ, ओलीजीलाई सजिलै हराउँछु ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महन्थ ठाकुर पक्षको रिटको आज सुनुवाइ हुँदै
भीम रावलले दिए सांसद पदबाट राजीनामा
देउवाले विश्वासको मत पाउने सम्भावना कति ?
एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने