दिल्लीमा तुवालोले सकस, नेपालमा मंसिर दोस्रो साता


काठमाडौँ । भारतको नयाँ दिल्लीमा लागेको तुवालो नेपालको पश्चिमी क्षेत्र र तरार्इका केही जिल्लाहरुमा त्यसको असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नेपालका अन्य जिल्लामा पनि तत्कालै त्यसले असर नगर्ने जनाएको छ । महाशाखाका अनुसार जमिनबाट उडेको धुलोधुवाँ हटाउन कि त पानी पर्नुपर्ने कि हावा चलेर त्यसलार्इ उडाउनु पर्ने हुन्छ । तर, अहिले मनसुनकव समय समाप्त भएकोले पानी र हावा दुवै नचलेकोले तुवालो जम्मा भएको हो ।

नेपालमा पनि यसबीचमा पानी नपरे मंसिर दोस्रो सातादेखि तुवालो लाग्ने महाशाखाले जनाएको छ । नेपालमा लाग्ने उक्त तुवालोले खासै असर नगर्नेसमेत महाशाखाले जनाएको हो । तुवाँलोका कारण चालकले बाटो नदेख्दा सवारी दुर्घटना भएको थियो । जसमा १० जना भन्दा धेरैको ज्यान गएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार घरबाहिर निस्कन पनि निकै गाह्रो भइरहेको छ । यसले गर्दा स्वासप्रशस्वास सम्बन्धी रोगहरु बढ्ने आँखामा समस्या पार्ने भएकोले घरभित्र बस्न र बाहिर निस्किँदा विशेष सावधानी अपनाएर मुख छोपेर तथा चस्माको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।

भारतको दिल्लीमा उद्योगधन्दाहरु, कलकारखाना, यातायातलगायतका ठाउँहरु बाट नस्कने धुलोधुवाँ जम्मा भएर तुवालो लागेको भारतीय मौसम विभागलार्इ उदृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले लेखेका छन् । मनसुन सकिएको समय भएकोले पानी पनि नपरेको र हावा पनि नचलेकोले प्रदुषित धुलोधुवाँ जम्मा भएर तुवालो लागेको जनाइएको छ ।

भारतमा यसरी तुवालोले निकै समस्या भएकोले सुधारका लागि विशेष पहल गर्न सबैले सरकारलाई आग्रह गरेका छन् । भारत सरकारले नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु बुधबारदेखि बन्द गरेको थियो । नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले बालबालिकाको स्वास्थ्यमा चाँडै असर गर्ने भएकोले विद्यालयहरु बन्द गर्नुपरेको बताएको समाचारमा जनाइएको छ । उनले कहिलेसम्म विद्यालय बन्द गरिरहने भन्ने बारेमा सरकारले वातावरण विज्ञहरुसँग सल्लाह गरिरहेको जानकारी पनि दिए ।

उनले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदूषणको स्थितिको बारेमा मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । नयाँ दिल्लीस्थित अधिकारीहरुकाअनुसार दिल्लीमा अवस्थित विद्यालयहरुलाई बाहिर खुला ठाउँमा कुनै पनि गतिविधिहरु सञ्चालन नगर्न आग्रह गरिएको बताएका छन् । भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।

दिल्ली सरकारले बुधबार मात्र नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरेको जानकारी दिएको थियो । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् । दिल्लीमा बढ्दो तुवाँलोको अवस्था यस्तै रहेमा आगामी १९ नोभेम्बरमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिता पनि स्थगित हुनसक्ने बताइएको छ । आईएमएले भने सो स्थगित गर्न सुझाएको छ । नयाँ दिल्ली विश्वकै सबभन्दा प्रदूषित सहरमध्येमा पर्छ । दिल्लीलाई लगातार तेस्रो दिन बिहीबार पनि बाक्लो तुवाँलोले ढाकेको छ ।

वातावरण र स्वास्थ्यका अधिकारीहरु यसको समाधानका उपायहरु खोजिरहेका छन् । तर तुवाँलो समस्या समाधानका लागि भएका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । अधिकारीहरुले धैर्यगर्न सर्वसाधारणलाई अपिल गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स
काबुलमा नेपालीको सस्तो मृत्यु