धान सुपरजोनका किसानलाई मुल्यकै चिन्ता (भिडियो सहित)


शिशिर चम्लागाईं
झापा, कात्तिक २३ । झापाको कचनकवललाई सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेपनि किसानलाई भने बजारकै समस्या छ । सरकारले सुपरजोन क्षेत्र घोषणा गरेर उत्पादन वृद्धि र बजारीकरण गर्ने लक्ष्य लिएपनि उत्पादन भएको धानले मुल्य नपाउदा किसान चिन्तित छन् ।


दश बर्षे परियोजना अन्र्तगत सुरु भएको सुपरजोन अन्र्तगतको कार्यक्रमले किसानलाई नयाँ प्रविधीमा आधारित खेतीप्रणालीसँगै धान उत्पादनमा वृद्धि देखी बजारीकरणसम्मका सेवा, सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । मुख्यतः उत्पादन बढाउनैका लागि शुरु भएको परियोजना धानको ‘सुपरजोन’ घोषणा भएका क्षेत्रका किशानहरुले अहिले पनि उत्पादन गरेको धान बेच्न व्यापारीकै भाउमा सिमीत हुन परेको छ । भण्डारणको समस्याले उत्पादन भएको धानले उचित भाउ नपाउदा किसान मारमा परेका हुन् । सरकारले उत्पादित धानको उचित मुल्य निर्धारण नगर्दा र भण्डारणको व्यवस्था नहुँदा ‘सुपरजोन’ घोषित कचनकवल गाउँपालिका अन्र्तगतका साविक केचना, पृथ्वीनगर, बनियानी, पाठामारी, बालुबाडी र पथरीया क्षेत्रका किशानहरुमा नैराश्यता छाएको छ ।‘हामीले धान बेच्दा व्यापारीले जे भाऊ भन्छ त्यसैमा दिनुपर्छ’ कचनकवल–६ का नारद अधिकारीले भने, ‘सरकारले कुनै मुल्य पनि निर्धारण गरेको छैन, हामी त मारमा परेका छौं ।’
हाल करिब १२ सय हेक्टर क्षेत्रफल रहेको धान सुपर जोन क्षेत्रमा उत्पादन हुने धानको बजार मुल्य र भण्डारणको उचित व्यस्थापन हुन सकेको छैन । यो वर्ष प्रतिहेक्टर ४.८ मेट्रिक टन धान उत्पादन हुने लक्ष्य सुपरजोन कार्यालयले लिएपनि बजारीकरणको अभाव अझै पनि यथावत् रहेको छ । परियोजनाले भने कृषकका लागि भन्दै सुपरजोनको अनुदानमा साना किसान कृषिसहकारीको स्वामित्वमा २ सय टन भण्डारण क्षमता भएका दुईवटा पोष्ट हार्भेष्ट सेन्टरको निर्माण भएको जनाएको छ, तर धान उत्पादक कृषकहरुले भने यसको उपभोग गर्न सकेका छैनन् । कृषकमा सुपरजोनको बारेमा चेतना नहुनु र सुपरजोनले भनेजस्तो आधुनिकता नअपनाईनुले सोचेजति प्रभावकारी बनाउन नसेको प्रधानमन्त्री कृषि औद्योगिक क्षेत्र धान सुपरजोनका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले बताउनुभयो । ‘ धान खरिद गर्ने कार्य सुपरजोन कार्यालयले गर्दैन’ प्रमुख तिम्सिनाले भने, ‘भण्डार र प्रशोधन केन्द्र निर्माणका लागी सहकार्य भने गर्न सकिन्छ ।’
परियोजनाले कृषकलाई कृषि समुह तथा सहकारी मार्फत अनुदानमा कृषि यन्त्रहरु उपलब्ध गराउदै आएको छ । परियाजनामा आबद्ध २३ वटा कृषि समुह तथा सहकारीहरुका किसानले मात्र हालसम्म सेवा, सुविधा लिएको बताइएको छ । किसानले उत्पादन गरेको धान भण्डारन गर्न र बजार ब्यवस्थापन गर्न पोष्ट हार्भेष्ट सेन्टर र आधुनिक कृषि औजारहरु उपलब्ध गराउन कस्टम हार्भेष्ट सेन्टर स्थापना भईसकेको बताइए पनि धान सुपर जोन क्षेत्रका किसानले उत्पादन गरेको धानले अझै उचित मुल्य नपाउने अवस्था यथावत छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने
दैनिक नयाँ रकर्ड बनाउदै नेप्से, होटल र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ साउन १४ देखि
सेयर बजारमा ब्रोकर ‘सिन्डिकेट’ कहिलेसम्म?