नदी किनार बन्यो डम्पिङ्गसाइड, प्रशोधन केन्द्र भने अलपत्र (भिडियो सहित)


राजु पौडेल । झापा, कार्तिक २२ । पूर्वाञ्चलमै पहिलो पटक झापाको दमकमा निर्माण भएको फोहारमैला प्रशोधन केन्द्र निर्माण भएको एक वर्ष पूरा हुँदा समेत सञ्चालनमा आउनसकेको छैन । दमक नगरबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागी निर्माण थालिएको प्रशोधन केन्द्र निर्माण भएपनि सञ्चालनमा नआउदा फोहोर समस्या उस्तै छ ।

https://www.youtube.com/watch?v=BLFeiqDIPjo&feature=youtu.be

फोहोरमैलाको उचित ब्यवस्थापन गर्न निर्माण थालिएको प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा दमक नगरपालिकाबाट उत्पन्न हुने दैनिक १५ टन फोहोर दमक–२ स्थित रतुवा खोलाको बगरमा फालिने गरेको छ । दमक नगरपालिकाको बजारी क्षेत्रबाट उत्पादन हुने दैनिक १५ टन फोहोर ब्यवस्थापनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट आर्थिक वर्ष २०७१÷०७२ र २०७२÷०७३ मा १ करोड ३० लाख रुपयाँ बजेट बिनियोजन पश्चात फोहोर प्रशोधन केन्द्र निमार्ण गरिएको हो । उक्त फोहोरमैला प्रशोधन केन्द्र स्थापना हुने हो भने उत्पन्न फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने समेतको नगरपालिकाको लक्ष्य छ । तर निर्माण भएको प्रशोधन केन्द्र उपयोगमा नआउदा फोहोर नदीको बगरमा फालिदा समस्या ज्यूँकात्यूँ रहेको स्थानीयबासी बताउँछन् । ‘बर्खामा सबैभन्दा गाह्रो हुन्छ’ एक स्थानीयले भने, ‘खोला किनारमा थुपारेको फोहोर घरभित्रै पस्छ ।’
दमकको दीर्घकालीन फोहोरमैला ब्यवस्थापनका लागि अढाई वर्ष अघि पाथ वे नेपाल प्रालि जेभीले जिम्मा लिएको थियो । उक्त प्रशोधन केन्द्र स्थापना नहुँदा दमकको फोहोर ब्यवस्थापनमा चुनौती भएको प्रालिका अध्यक्ष सुवास बस्नेतले बताउनुभयो । ‘प्रशोधन केन्द्र सञ्चालनमा नआएकाले फोहोरलाई डम्पिङ्ग गर्नुपर्ने अवस्था छ’ अध्यक्ष बस्नेतले भने, ‘केन्द्र चाँडै सञ्चालनमा ल्याइयो भने थप आम्दानी पनि गर्न सकिथ्यो ।’
दमक नगरपालिकाले भने फोहोरमैला प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउँने प्रयास भइरहेको जनाएको छ । गत वर्ष नै भौतिक संरचना निर्माणको काम सकिएको भएपनि मेशिन जडान गर्न नसकेका कारणले सञ्चालन गर्न नसकिएको नगरपालिकाका बातावरण शाखा प्रमुख द्रोण थापाले बताउनुभयो । ‘हामीले प्राप्त गरेको मेशिन जडान गर्ने प्राविधिक आउनुभएको छैन’ प्रमुख थापाले भने, ‘चाँडै पठाउन हामीले अनुरोध गरेका छौं ।’
दमक २ स्थित हाम्सेदुम्से सामुदायिक वन क्षेत्रको ३ विगाह क्षेत्रफलमा फोहोर मैला प्रशोधनका लागि उक्त प्रशोधन केन्द्रमा अहिलेसम्म घेराबारा, ३ कोठे पक्कि कार्यालय भवन, विद्युत लाइन बिस्तार लगायतका कार्य सम्पन्न भएको छ । तर, निर्माण भएको प्रशोधन केन्द्रलाई सञ्चालन नगरिँदा दमक नगरको फोहोर ब्यवस्थापनामा चुनौती थपिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पहुँचको आधारमा खोप
दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै