बिर्तामोड–भद्रपुर सडक मर्मतको माग गर्दै स्थानीय आन्दोलित (भिडियो सहित)


शिशिर चम्लागाईं

झापा, कार्तिक २१ । झापाको बिर्तामोड हुँदै सदरमुकाम भद्रपुर जोड्ने सडकको स्तरोन्नत्ती माग गर्दै स्थानीय आन्दोलित बनेका छन् । लामो समयदेखी अलपत्र परेको सडक मर्मतमा कसैले चासो नदिएको भन्दै मंगलबार उक्त सडकखण्ड स्थानीयले अबरुद्ध पारे ।


दुई बर्ष अघिदेखी अलपत्र बनेको सडकको धेरै स्थानमा साना–ठुला खाल्डा खुल्डी परेको समाचार भपूर्वमा प्रकाशित भएको थियो । निर्माण व्यवसायीको गैह्रजिम्मेवारीका कारण समयमै निर्माण कार्य सम्पन्न नहुदा आफुहरुले धेरै सास्ती व्यर्होदै आएको उनीहरुको भनाई छ । स्थानीयले बिर्तामोडस्थित विद्युत प्राधिकरण अगाडी सडकमा ढाट तेस्र्याएर मंगलबार बिहान केहीबेर सडक अवरुद्ध गरेका थिए । ‘बाटो साह्रै बिग्रियो, धुलोले बिरामी समेत पर्न थालियो’ बिर्तामोडका बल्लु कार्कीले भने, ‘बारम्बार भन्दा पनि कसैले चासो नदिएपछि बाटो बन्द गरेका हौं ।’
बिर्तामोड देखी सदरमुकाम भद्रपुर सम्मको १२ किलोमिटर सडकको मर्मत कार्य बिचैमा अलपत्रपर्दा भत्किएको सडकमा दुर्घटनाको जोखिम पनि बढेको स्थानीय तथा सवारी चालकहरुको भनाई छ । सडक विभाग र नगरपालिकाको ध्यानार्कषणा गर्न पनि बाटो बन्द गर्नुपरेको उनीहरुले बताएका छन् । बिर्तामोडका जनप्रतिनिधीले भने सडक भत्किएकाले सास्ती भएको बिषयलाई सडक विभागसम्म जानकारी गराएर समाधान खोजिने प्रतिक्रिया दिएका छन् ।
सो सडक खण्ड सडक बिभागले एसीयाली विकास बैँकको सहयोगमा सासेक परियोजना अन्र्तरगत २ लेनको सडकको रुपमा विकास गर्न निर्माण कार्य अघि बढाइएको थियो । सम्झौताअनुसार २०७३ साल भित्रमा नै काम सम्पन्न गर्नुपर्ने थियो । सन् २०१४ जुनदेखि ठेकेदार कम्पनीले काम शूरु गरे पनि निर्माण कार्यलाई पूर्णता नदिई बीचैमा हराएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । १० करोडमा ठेक्का सम्ंझौता भएको उक्त कम्पनीले सम्झौता अनुसारको काम नगरे पछि सडक डिभिजन कार्यालयले बीचैमा सम्झौता तोडेको थियो । ठेक्का रद्ध भए लगतै ठेक्का पाएको थुदुङ लोहनी सिंहा एण्ड ब्रदर्स कम्पनीले सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेको थियो । अदालतले ‘स्टे अडर’ जारी गरेका कारण सडकको स्तरोन्तीको कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
कार्यालयका अनुसार २६ प्रतिशत मात्र काम पूरा भएको सो सडक खण्डलाई अदालतले फैसला गरे पछि मात्र स्तरोन्त्तीका लागि नयाँ ठेक्का आह्वान गरिनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पहुँचको आधारमा खोप
दुर्गममा चिकित्सक पाउनै गाह्रो : पाए टिकाउन साह्रो
कोरोना महामारी : पूर्वी नाकाबाट भित्रिने पर्यटकको सङ्ख्या शून्य
कोरोना संक्रमणदर उच्च हुन थालेपछि झापाका पालिका सिल हुँदै