इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात


इलाम । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको थियो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात हुँदा जिल्लाका अन्य स्थानमा वर्षा भएको थियो । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।

हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा समेत गाईवस्तुलाई घाँस लगाउन र बाहिरको काम गर्न समस्या भएको छ सन्दकपुरका मातृका खतिवडाले बताए ।

उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाज प्रभावित भएको हो । झरीका कारण सदरमुकामलगायत जिल्लाका मानिसलाई गन्तव्यसम्म पुग्न समेत समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि
पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु
हेलिकप्टरबाट उद्धार गर्न नसकिएको ताप्लेजुङका बाबुछोरा छ दिनपछि आफैं फर्किए
पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो