मलेसियामा बाढी, ३५ हजारभन्दा बढी विस्थापित


क्वालालम्पुर । मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । त्यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार बाढीबाट विस्थापित भएका छन् ।

मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।

यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ । यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।

राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन् । मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरुलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा
भारतमा फैलिँदै ‘ब्ल्याक फङ्गस’ राेग, २९ राज्यमा प्रकोप घोषणा निर्देशन
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन