फिदिम नगर कप : रेड स्टार झापा सेमिफाइनलमा


पाँचथर। साविक विजेता रेड स्टार एफसी झापा फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा पाँचथर क्लब फिदिममाथि सहज जित निकाल्दै रेड स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । झापाको स्कोर ३ रहँदा पाँचथर शून्यमै घर फर्किएको छ ।

रेड स्टारका लागि खेलको २३औँ मिनेटमा पेमा तामाङले गोल गर्दै टिमलाई अघि बढाएका थिए । यस्तै, दोस्रो हाफको ६ मिनेटमा गणेश हेमरमले गोल गर्दै अग्रता दोब्बर बनाए भने मिलन राईले दोस्रो हाफको १२औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तरबाट टिमलाई सेमिफाइनलमा स्थान सुरक्षित गराउन सफल भए ।

पहिलो र दोस्रो संस्करणको विजेता रेड स्टार झापा यस पटक पनि समूह विजेता बन्दै उपाधि रक्षामा ह्याट्रिक गर्न चाहन्छ । आजको खेलमा झापाका गणेश हेमरम म्यान अफ दी म्याच घोषित भए ।

दोस्रो खेल चर्च ब्वाइज युनाइटे काठमाडौँले सिक्किमको पाण्डा स्पोर्टिङ क्लबसँग दोस्रो खेल खेल्नेछ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा गोल्डकप फागुन २१ बाट हुने
तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
झापालाई तेस्रो पटक फिदिम नगर कपको उपाधि