बिर्तामोडमा तेस्रो नेवा : फूड फेस्टिवलको तयारी


बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो नेवा : फूड फेस्टिवलको तयारी गरिएको छ । नेवा : पासा मुना पुचः बिर्तामोड नगर समितिको प्रस्तुती तथा नेवाः मिसा पुचःबिर्तामोड र नेवाः ल्याम्ह पुचः बिर्तामोडको आयोजनामा आगामी पुस ३ गते शनिवार तेस्रो नेवा :फूड फेस्टिवलको आयोजना गरिएको नेवाः पासा मुना पुच : बिर्तामोड नगर समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

यःमरी पुन्हीको अवसरमा बिर्तामोडस्थित वान स्टप मलमा हुने तेस्रो नेवा ः फूड फेस्टिवलमा नेवारी खानाका परिकारहरु यःमरी, प्लेन बारा,अण्डा बारा, मिक्स बारा, बफ छोयला, चिकन छोयला, मसरुम छोयला, बफ मःम, ननभेज नेवारी खाजासेट, भेज नेवारी खाजासेट र आलु तामा, आलु साँदेको, खसीको फोक्सो फ्राइ, बफ फिङ्गर चिकेन मःम लगायत उपलब्ध हुने उनले जानकारी दिए ।त्यस्तै तेस्रो नेवा ः फूड फेस्टिवलमा नेवारी परिकारका अतिरिक्त नेवारी गरगहना र भेषभुषाको समेत स्टल राखिने उनले बताए ।

लोप हुँदै गएको नेवारी खाना , संस्कृति, रितिरिवाज, भेषभुषालाई उजागर गर्ने उद्धेश्यले तेस्रो नेवा ः फूड फेस्टिवलमा सहभागि हुन उनले सबैलाई आग्रह गरेका छन् ।

नेवाः पासा मुना पुच ः बिर्तामोड नगर समितिकी सहकोषाध्यक्ष तारा श्रेष्ठ, सदस्य प्रभात मानन्धर, कार्यालय सचिव सञ्जय श्रेष्ठ, नेवाः ल्याम्ह पुचः बिर्तामोडकाअध्यक्ष गम्भीररत्न शाक्य, नेवाः मिसा पुचःबिर्तामोडकी अध्यक्ष निलम प्रधान, उपाध्यक्ष मिलु राजभण्डारी, सचिव दिपा श्रेष्ठ, सहसचिव उमा श्रेष्ठ, सदस्यहरु उमा मास्के, सृजना श्रेष्ठलगायतले कार्यक्रमबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दमकमा मनाइयो टोपी दिवश
अर्जुनधारामा महागुरु फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण गरिने
बुद्धशान्तिमा बन्द गराउँदै हिँड्ने विप्लवका इन्चार्ज सहित ७ प्रकाउ
बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ