झापामा हतियार प्रहारबाट एकको मृत्यु


झापा । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताउनुभयो ।

घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु
हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो
बालबालिकामा अदूरदृष्टिको समस्या बढ्यो: मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच
इनर व्हिल बिर्तामोडले दियाे विपन्न बिद्यार्थीलाई न्यानाे कपडा