झापामा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


झापा । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिकामा गयराती भएको छुट्टा–छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकललाई राती ७ः३० बजे कनकाई नगरपालिका–७ दुर्गापुरमा ठक्कर दिदाँ मोटरसाइकल चालक इलमको रोङ गाँउपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोरसाइकलको पछाडी सवार सोही ठाँउका ४८ वर्षीय चन्द्रबहादुर राई गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते दुवै जनाको उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै गयराती नै पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई–३ मा राती ११ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्क्र दिदाँ पैदलयात्री कनकाई–८ की २८ वर्षीया राधिका सेढाई बस्नेत गम्भिर घाइते भएकी थिइन् । गम्भिर घाइते राधिकाको बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा १२ः ५५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु
हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो
बालबालिकामा अदूरदृष्टिको समस्या बढ्यो: मेची आँखा अस्पतालद्वारा झापाका दुई लाख बिद्यार्थीको निःशुल्क आँखा जाँच
इनर व्हिल बिर्तामोडले दियाे विपन्न बिद्यार्थीलाई न्यानाे कपडा