फिदिम नगर कपः इलाममाथि ताप्लेजुङको सानदार जित



पाँचथर ।
 फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगितामा फराकिलो गोलअन्तरबाट ताप्लेजुङ विजयी बनेको छ ।

बुधबार भएको पहिलो खेलमा ताप्लेजुङले इलामको योङ ब्वाइज एफसी इलामलाई ५-० गोलअन्तरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल सम्भव भएको थियो ।

पहिलो हाफको ४ मिनेटमै मनिराज लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले २२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै, २८औँ मिनेटमा इलामका तर्फबाट ताप्लेजुङलाई उपहारस्वरुप एक गोल प्राप्त भएको थियो ।

दोस्रो हाफमा ताप्लेजुङका कप्तान अनुप सेन्दाङले व्यक्तिगत दुई गोल गरे ५-० गोलको फराकिलो अन्तर निकाले । उनले ४४औँ र ६५औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच मनिराज लिम्बू घोषित भए ।

आज नै चर्च ब्वाइज काठमाडौँ र पशुपति ११ इलामबीच खेल हुँदैछ । भारत सिक्किमको एक टिमसहित प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । पुस ३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा गोल्डकप फागुन २१ बाट हुने
तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई
तमु ल्होसार महिला गोल्डकपः पाँचथर र धरान उपाधि भिडन्तमा
झापालाई तेस्रो पटक फिदिम नगर कपको उपाधि