झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने


 झापा ।  झापाको बिर्तामोडको बडी बिल्डिङले प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडमा आज(शनिबार) पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बिषयमा जानकारी दिइएको हो ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो । 

कोरोनाका कारण पछिल्लो २ बर्षदेखि कुनैपनि प्रतियोगिता हुन नसकेकोले नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक राम दाहालले जानकारी दिए ।

प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने संयोजक दाहालले बताए । उनीहरुबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिने उनले बताए ।

प्रतियोगितामा पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख, चौथो ७५ हजार र पाँचौँ हुनेलाई ५० हजार नगद पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए ।  त्यस्तै, प्रतियोगिता अन्तरगत महिलाहरुको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ । महिला प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तृतीयले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा प्रदेश नं. १ भरका एक सय जना पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष  मैनालीले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न अनुमानित  २० लाख खर्च हुनेछ ।

नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्टियस्तरका खेलाडीले प्रतियोगतामा सहभागी हुन नपाउने बताइएको छ । खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोही अनुसार प्रतियोगिताको मिति तय गरिएको अयोजकको समितिका सचिब ध्रुबराज निरौलाले जानकारी दिए ।

प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जीम हलले गरेको हो । पत्रकार सम्मेलनमा धिरज अग्रवाल, फुर्पा लामा, अंकित अधिकारीलगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदुषण भएको भन्दै स्थानीयले गरे बाटाे अवरोध
इलाममा चक्कु प्रहार गरी आफ्नै दाईको हत्या, भाई पक्राउ
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा