इलाममा चक्कु प्रहार गरी आफ्नै दाईको हत्या, भाई पक्राउ


इलाम । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदुषण भएको भन्दै स्थानीयले गरे बाटाे अवरोध
झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा