धनकुटाका ग्रामीण बजारमा खसीबोका व्यापारी बढे


धनकुटा । दशैं नजिकिएसँगै खसी बोका खरिदका लागि व्यापारीहरू धनकुटाका ग्रामीण बजारमा पुग्न थालेका छन् । धनकुटाका ग्रामीण क्षेत्रमा लाग्ने बजारमा सदरमुकामसहित बाहिरी जिल्लाका व्यापारी खसीबोका खरिदका लागि पुग्न थालेका हुन् ।

ग्रामीण क्षेत्रमा लाग्ने साप्ताहिक तथा पाक्षिक बजारमा सदरमुकाम र ठूला शहरको तुलनामा केही सस्तो मूल्यमा खसीबोका पाइने भएकाले ग्रामीण क्षेत्रको हाटबजार आएको व्यापारीहरूले बताएका छन् ।

पछिल्ला वर्षमा धनकुटाबाट खसीबोका निर्यात बढेको अनुमान गरिए पनि खसीबोकाको स्वास्थ्य जाँच भने हुने गरेको छैन ।

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन
वसपार्क सञ्चालनमा नआए संगै फिदीमबजार अस्तब्यस्त
साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा