साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा


झापा । साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो । नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो । कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको थियो। साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन्। नेपालले अहिलेसम्म साफको फाइनल खेलेको छैन ।

नेपाली टिमः
किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने
साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स
आजबाट फुटबल टिमको बन्द प्रशिक्षण
नेपालले दशरथ रंगशालामा भारतसँग खेल्ने