बिर्तामोडबाट ठूलो परिमाणको ब्राउनसुगरसहित दुई पक्राउ


झापा । बिर्तामोडबाट ठूलो परिमाणको ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही ठाउँका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई थप अनुसन्धान गर्दा बिर्तामोड– १ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२ दशमलव ३७ मिलिग्राम ब्राउनसुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरिएको डिएसपी थापाले बताए । प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ । ब्राउनसुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चुलाचुलीमा लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा
दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य