दशैँ तिहारलाई लक्षित गरी काठमाण्डाैमा ६० हजार खसीबोका


काठमाण्डाै । दशैँ तिहारलाई लक्षित गरेर यसवर्ष काठमाण्डौ उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ । काठमाण्डौ उपत्यकामा हुने मासुको खपत आकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याउने तयारी थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने जनाएको छ ।

कम्पनीले दाङ र हेटौँडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायब महानिर्देशक श्रीमणि खनालले जानकारी दिनुभयो ।

एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जानकारी दिनुभयो ।

घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपैयाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
प्रदुषण भएको भन्दै स्थानीयले गरे बाटाे अवरोध
झापामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
इलाममा चक्कु प्रहार गरी आफ्नै दाईको हत्या, भाई पक्राउ