काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ


काठमाण्डौ । काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् । पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली/खेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति तिब्बतियन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन
धनकुटाका ग्रामीण बजारमा खसीबोका व्यापारी बढे
वसपार्क सञ्चालनमा नआए संगै फिदीमबजार अस्तब्यस्त
साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा