असोज १ गतेदेखि मेचीनगरमा “युवा कप” फुटबल प्रतियोगिता हुने


मेचीनगर । “राष्ट्रका लागि युवा, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ झापाको मेचीनगरमा दोस्रो “युवा कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा मेचीनगरका २० टिमको सहभागी रहने उक्त प्रतियोगिता यहि असोज १ गते देखि ७ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष मानबहादुर तामाङले बताए ।

मेचीनगर ६ काँकरभिट्टास्थित काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रथम पुरस्कारको प्रायोजन युवा समाजसेवी बालकृष्ण थापाले गरेका छन् । दोस्रो पुरस्कार राशि भने नेपाल खेलकुद महासंघ नेपालले प्रायोजन गरेको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सार्वेत्कृष्ट खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधि भर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरिने आयोजक कमिटिले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा
साफ च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स
आजबाट फुटबल टिमको बन्द प्रशिक्षण
नेपालले दशरथ रंगशालामा भारतसँग खेल्ने