पिलो निचारिँदैमा वजन घटेको हुन्न : ओली


झापा । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र दलिय व्यवस्था विरूद्ध एमाले फुटाउनका लागि नै अध्यादेश ल्याएको बताएका छन् ।

अग्रज कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले अध्यादेश ल्याउन सभामुख समेतको संलग्नता रहेकाे कारण सभामुख सड्यन्त्रका मतियार भएको र गैर सांसदहरूलाई संसदमा राखेका कारण एमालेले संसद अवरोध गरेको बताए ।

नेपालको पार्टी नक्कली भएको बताउदै यो निजी स्वार्थका कारण लामो समय नटिक्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

साथै उनले नेपालले नयाँ पार्टीबाट वडा सदस्य समेत नजित्ने बताए । नेकपा एमाले जिल्ला कमिटी झापाको आयोजनामा आयोजित कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला स्तारका नेता तथा जिल्लाका १५ वटै स्थानीय तहबाट उल्लेखनीय कार्यकर्ताहरूको सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा राजिनामा दिने तयारी, आचार्य मुख्यमन्त्री हुने
माओवादी केन्द्र : प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की, झापा इन्चार्जमा धर्मशिला चापागाईँ
माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय (सूचीसहित)