अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्रीलाई कर्मचारीले टेर्न छाडे, नमस्ते गरेर टार्छन् !


विराटनगर । नेकपा एमालेका १० सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्य स्पष्ट अल्पमतमा छन् । 

भदौ १० मा मुख्यमन्त्री नियुक्त भएका उनलाई अहिले कर्मचारीले समेत टेर्न छाडेका छन् । दुई हप्ता नबित्दै कर्मचारीहरूले असहयोग गर्न थालेपछि आइतवार मुख्यमन्त्री आचार्यले मन्त्रालयका सचिवहरू, विभागीय प्रमुखहरूलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न भन्दै निर्देशन दिए । 

‘सबै साथीहरूले मिहिनेत गरिरहनु भएको छ, तर मिहिनेत परिणाममुखी हुन सकेको छैन,’ उनले भने, ‘गरेको कामको परिणाम देखिनुपर्छ, अनि मात्रै कामले सार्थकता पाउँछ ।’ 

मन्त्रालयहरूका काम तीव्र रुपमा अगाडि नबढ्दा जनताले दुःख पाइरहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । उनले दैनिक कार्ययोजना बनाएर परिणाममुखी काम गर्न समेत सबै कर्मचारीलाई निर्देशन दिए । 

मुख्यमन्त्रीको निर्देशनपछि प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले सबै मन्त्रालयका सचिवहरूलाई मुख्यमन्त्रीको निर्देशनअनुसार काम कारवाही गर्न आग्रह गरे ।  

‘उहाँले गरेका निर्णय अर्को आउने सरकारले कार्यान्वयन गर्छ कि गर्दैन टुंगो हुँदैन,’ मन्त्रालयकै एक कर्मचारी भन्छन्, ‘त्यही भएर पनि बिदा हुने समयमा हुने गरेका निर्णयहरू अल्पमतमा पर्छन् ।’

सरकार फेरबदल हुने संकेत पाएपछि कर्मचारीहरूले मुख्यमन्त्री, मन्त्री तथा मन्त्रीहरूलाई भेट्दा नमस्ते गर्ने भन्दा अरू काम नगर्ने गरेको कर्मचारीहरू नै बताउँछन् । लाेकान्तर बाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला हुने
झापाको कचनकवलमा विद्यालय खुले, अन्य स्थानीय तहमा असोजदेखि सञ्चालन गर्ने तयारी