झापामा महाकवि देवकोटाको प्रतिमा तोडफोड


भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

महाकवि देवकोटोको अर्धकदको प्रतिमा टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए ।

वि.सं. २०५१ सालमा स्थापना गरिएको महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गर्दै दोषीउपर कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएको समेत बरालले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला हुने
झापाको कचनकवलमा विद्यालय खुले, अन्य स्थानीय तहमा असोजदेखि सञ्चालन गर्ने तयारी